• प्रदेशस्तरमा कृषि उद्यमी तथा व्यवसायीहरुको रोष्टर तयार तथा अद्यावधिक गर्ने।
  • कृषि उद्यमी तथा व्यवसायीहरुलाई व्यवसाय सञ्चालनका लागि तालिम आवश्यकता पहिचान गर्ने र आवश्यक पूर्वाधार तथा सुविधाको पहिचान गरी आवश्यक कार्यक्रम सञ्चालन गर्ने।
  • कृषि उद्यमी तथा व्यवसायीहरुलाई व्यवसाय सञ्चालनका लागि आवश्यक व्यवसायिक योजना तयारीमा सहयोग गर्ने।
  • कृषि उद्यमी तथा व्यवसायीहरुलाई व्यवसाय सञ्चालनमा आवश्यक सेवा सुविधा प्राप्तिका लागि सम्बन्धीत निकायहरुसंग सम्बन्ध स्थापित गराइदिने।
  • विभिन्न कृषि उद्यम तथा व्यवसाय सञ्चालनका लागि आधारभुत जानकारीहरु प्रदान गर्ने ।
  • कृषि उद्यम तथा व्यवसाय प्रवद्र्धनसंग सम्बन्धीत निकायहरु बीच समन्वय कायम गर्ने।
  • विदेशबाट फर्केका कृषि व्यवसाय तथा उद्यम गर्न चाहने युवा कृषकहरुलाई उद्यम तथा व्यवसाय सञ्चालनमा आवश्यक सहजीकरण गर्ने।
  • तोकिएको शुल्क लिई अन्य निकायबाट माग भई आए बमोजिम कृषि उद्यम तथा व्यवसाय सञ्चालन एवं प्रवर्द्धन सम्बन्धी तालिमहरु सञ्चालनको व्यवस्था गर्ने ।
  • कृषि उद्यमी तथा व्यवसायीहरुलाई व्यवसाय सञ्चालनका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्न तालिम आवश्यकता पहिचान गरी सो अनुरुप तालिम कार्यक्रम सञ्चालन गर्ने।
  • कृषि प्राबिधिकहरुको ज्ञान, सिप अभिबृद्धि संबन्धि तालिम संचालन गर्ने।
  • कृषि प्राबिधिकहरुको सेवा कालिन तालिम सञ्चालन गर्ने।